काठमाडौं – प्रोग्रेशिभ फाइनान्स कम्पनी लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीलाई लाभांश नदिने भएको छ । कम्पनीको पुस ८ गते बसेको सञ्चालक समितिले सो निर्णय गरेको हो ।
साथै, सोही बैठकले पुस ३० गते २९ औं वार्षिक साधारण सभा समेत बोलाएको छ । सो सभा प्रयोजनका लागि कम्पनीले पुस १८ गते बुक क्लोज गर्ने भएको छ । जसअनुसार पुस १७ गतेसम्म नेप्सेमा कारोबार भई कायम शेयरधनीहरुले मात्र सो साधारण सभामा भाग लिन पाउनेछन्।



About Us
प्रतिक्रिया