लक्ष्मी क्यापिटल र सनराइज क्यापिटलबीच मर्जर सम्झौता

लक्ष्मी क्यापिटल र सनराइज क्यापिटलबीच मर्जर सम्झौता


बैंकिङ्ग समाचार, काठमाडौं ।
लक्ष्मी क्यापिटल मार्केट लिमिटेड र सनराइज क्यापिटल लिमिटेडबीच एक-आपसमा गाभ्ने/गाभिने (मर्जर) सम्बन्धी समझदारीपत्रमा औपचारिक हस्ताक्षर भएको छ । लक्ष्मी बैंक र सनराइज बैंक एक भएसँगै यी बैंकका सहायक कम्पनीको रुपमा सञ्चालनमा रहेका दुई क्यापिटल पनि एक हुने भएका हुन् ।

दुई क्यापिटलबीच मर्जरका लागि असोज १८ गते औपचारिक सम्झौता भएको हो । मर्जर सम्बन्धी सम्झौता पत्रमा लक्ष्मी क्यापिटल मार्केट लिमिटेडको तर्फबाट अध्यक्ष सुमेद भट्टराई र सनराइज क्यापिटल लिमिटेडको तर्फबाट अध्यक्ष अपछ कुमार यादवले हस्ताक्षर गरेका छन् ।

दुई क्यापिटल एक भएपछि चुक्ता पूँजी ४८ करोड रुपैयाँ पुग्ने जानकारी दिएका छन् ।