आरएसडिसी लघुवित्तले घोषणा गर्यो लाभांश, बोनस र नगद कति ?

आरएसडिसी लघुवित्तले घोषणा गर्यो लाभांश, बोनस र नगद कति ?


बैंकिङ्ग समाचार, काठमाडौं ।
आरएसडिसी लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ । कम्पनीको असोज १९ गते बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष २०७९र८० को मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश प्रस्ताव गरेको हो ।

लघुवित्तले हाल कायम चुक्ता पूँजीको ८.६० प्रतिशत बोनस शेयर र ०.४५२६ प्रतिशत नगद लाभांश गरि कुल ९.०५२६ प्रतिशतका दरले लाभांश वितरण गर्ने घोषणा गरेको हो ।

कम्पनीको उक्त प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकले स्वीकृति दिएपछि र कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि लगानीकर्तामा वितरण हुनेछ ।