सानिमा बैंकको १४.७०% लाभांश सुरक्षित गर्न आजसम्म शेयरधनी बन्नुपर्ने

सानिमा बैंकको १४.७०% लाभांश सुरक्षित गर्न आजसम्म शेयरधनी बन्नुपर्ने


बैंकिङ्ग समाचार, काठमाडौं ।
सानिमा बैंक लिमिटेडको लाभांश सुरक्षित गर्ने आज असोज २१ गते आइतबार अन्तिम दिन रहेको छ । बैंकले साधारणसभा तथा लाभांश वितरण प्रयोजनार्थ भोली असोज २२ गते बुकक्लोज गर्दैछ । यस अनुसार आज असोज २१ गतेसम्म नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा कारोबार भई कायम शेयरधनीहरुले साधारणसभामा सहभागि हुन तथा बैंकले वितरण गर्ने लाभांश प्राप्त गर्न सक्नेछन् ।

बैंकले कात्तिक २ गते, बिहीबार १९ औँ वार्षिक साधारण सभा डाकेको छ । बैंकको सो सभा कुण्डलिनी दरबार ब्याङ्गवेट, चण्डोल, काठमाडौँमा बिहान ११ बजे सुरु हुनेछ ।

सभाले हाल कायम चुक्ता पूँजीको ९ प्रतिशतका दरले बोनस शेयर र सोको कर प्रयोजनार्थ सहित गरी ५.७० प्रतिशतका दरले नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित गर्नेछ । त्यसका साथै सभाले प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, लेखापरीक्षक नियुक्त गर्ने लगायतका प्रस्तावहरु पनि सो सभाले पारित गर्नेछ ।