कामना सेवा विकास बैक र मल्पी इन्टरनेश्नल कलेजबीच शुल्क छुट सम्बन्धी सम्झौता

कामना सेवा विकास बैक र मल्पी इन्टरनेश्नल कलेजबीच शुल्क छुट सम्बन्धी सम्झौता

सुरेश शर्मा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बैंकिङ्ग समाचार, काठमाडौं ।
कामना सेवा विकास बैंक र नारायण गोपालचोक चक्रपथ, काठमाडौंस्थित मल्पी इन्टरनेश्नल कलेज (MALPI INTERNATIONAL COLLEGE) बीच मिति असोज १९ गते शुक्रबारका दिन शिक्षण शुल्क छुट सम्बन्धी सम्झौता भएको छ ।

यस सम्झौता अन्तर्गत बैंकका कर्मचारी र कर्मचारी परिवारका सदस्यहरूलाई ४ वर्षको भर्ना र सेमेस्टर शिक्षण शुल्कमा २० प्रतिशत छुट र ग्राहकहरूलाई भर्ना र सेमेस्टर शिक्षण शुल्कमा १५ प्रतिशत छुट प्राप्त गर्न सक्नेछन् ।

बैंकसँग आबद्धताको प्रमाणको आधारमा यो सुविधा सहजै प्राप्त गर्न सकिनेछ । यस सम्झौताबाट बैंकसँग आबद्ध सम्पूर्ण महानुभावहरुले विशेष लाभ लिने बैंकले विश्वास लिएको छ ।