एफवान सफ्ट ग्रुपले ३ राष्ट्रिय क्रिकेट खेलाडीलाई ब्रान्ड एन्डोर्सरको रूपमा गर्यो आवद्ध

एफवान सफ्ट ग्रुपले ३ राष्ट्रिय क्रिकेट खेलाडीलाई ब्रान्ड एन्डोर्सरको रूपमा गर्यो आवद्ध

सुरेश शर्मा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बैंकिङ्ग समाचार, काठमाडौं ।
एफवान सफ्ट ग्रुप, नेपालको अग्रणी फिनटेक समूहले, ३ प्रख्यात नेपाली राष्ट्रिय क्रिकेट टिमका खेलाडीहरूसँग ब्रान्ड एन्डोर्सरको रूपमा आवद्ध गर्ने सम्बन्धमा सम्झौता गरेको छ । एफवान सफ्ट ग्रुपको सहायक कम्पनीहरू फोनपे, ईसेवा र ईसेवा मनि ट्रान्सफरले क्रमशः कुशल भुर्तेल, रोहित कुमार पौडेल र दीपेन्द्र सिंह ऐरी सँग, सो खेलाडिहरूको यात्रालाई सशक्त बनाउने उद्देश्यले उक्त सम्झौता गरेको हो । 
 
क्रिकेटरहरु सँगको यस सम्झौता हस्ताक्षर यहि असोज १८ गते एफवान सफ्ट ग्रुप का निर्देशक सुवास शर्मा, ईसेवाका चिफ बिजनेस अफिसर आशिष गौतम, ईसेवा मनि ट्रान्सफरका बिजनेस अपरेशन म्यानेजर सुमित भण्डारी र फोनपेका चिफ बिजनेस अफिसर सुमित दासको उपस्थितिमा भएको थियो ।  
 
यस साझेदारीको साथ, एफवान सफ्ट ग्रुपले नेपालको क्रिकेट खेलमा आफ्नो जीवन समर्पण गरेका खेलाडीहरूलाई भरपुर साथ दिने लक्ष्य समेत राखेको छ । एफवान सफ्ट ग्रुप, यस सहकार्यको साथ मैदानमा खेलाडिहरुको प्रदर्शन बढाउन मद्दत गर्न मात्र नभई, खेलाडीहरूको मनोबल सुनिश्चित गर्न पनि प्रतिबद्ध रहेको जनाइएको छ । 

खेलाडीहरुको आकांक्षालाई प्राथमिकता दिएर, यो साझेदारीले खेलाडीहरुको क्षमतालाई अझै सशक्त बनाउन खोजेको छ र यसो गर्दा, नेपाली क्रिकेट जगत कै उथ्थान हुने आशयका साथ एफवान सफ्ट ग्रुप अगाडि बढेको हो । खेलाडिहरुले सही समर्थन पाउनाले अन्तर्राष्ट्रिय स्तरमा अझै उल्लेखनीय उपलब्धि हासिल हुन सक्नुको साथसाथै सारा देशले गौरव गर्ने बाटोको सृजना हुने विश्वास यसै साझेदारीबाट झल्काउने अपेक्षा गरिएको छ ।