नेपाल वेयरहाउजिङ्गले कार्तिक १० देखि वैदेशिक रोजगारमा रहेका नेपालीलाई आइपीओ निष्काशन गर्ने

नेपाल वेयरहाउजिङ्गले कार्तिक १० देखि वैदेशिक रोजगारमा रहेका नेपालीलाई आइपीओ निष्काशन गर्ने

सुरेश शर्मा
70
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बैंकिङ्ग समाचार, काठमाडौं ।
नेपाल वेयरहाउजिङ्ग कम्पनी लिमिटेडले कात्तिक १० गतेदेखि वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि आईपीओ निष्काशन गर्ने भएको छ । सर्वसाधारणका लागि छुट्याएको शेयरमध्ये १ करोड ३७ लाख ५० हजार रुपैयाँ बराबरको १ लाख ३७ हजार ५०० कित्ता आईपीओ कम्पनीले वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि विक्री गर्न लागिएको हो । प्रति शेयर १०० रूपैयाँ अंकित मूल्यमै कम्पनीले आईपीओ निष्काशन गर्न लागेको हो । 

आफ्नो जारी पूँजी ६८ करोड ७५ लाख रुपैयाँको २० प्रतिशत दरको १३ करोड ७५ लाख रुपैयाँ बराबरको १३ लाख ७५ हजार कित्ता आईपीओ सर्वसाधारणमा विक्री गर्न कम्पनीले अनुमति पाएको थियो । कुल कित्ता आईपीओमध्ये १० प्रतिशत आरक्षित आईपीओ नेपाल सरकारको सम्बन्धित निकायको श्रम स्वीकृती लिई वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि आईपीओ विक्री गर्न लागिएको हो ।

वैदेशिक रोजगारीमा रहेका नेपालीलाई आईपीओ विक्री पछि कम्पनीले २७ हजार ५०० कित्ता कम्पनीका कर्मचारीहरुका लागि र ६८ हजार ७५० कित्ता शेयर सामूहिक लगानी कोषका लागि विक्री गर्नेछ । यसपछि बाँकी रहेको ११ लाख ४१ हजार २५० कित्ता शेयर भने सर्वसाधारणमा सार्वजनिक निष्काशनमा ल्याउनेछ ।

वैदेशिक रोजगारीमा रहेका नेपालीले यो आईपीओ खरीदका लागि न्यूनतम १० कित्तादेखि अधिकतम ५० हजार कित्तासम्म माग गर्न सक्नेछन् । वैदेशिक रोजगारीमा रहेका नेपालीमा कम्पनीको आईपीओ कार्तिक २४ गतेसम्म विक्रीमा रहनेछ ।

कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धकमा हिमालयन क्यापिटल लिमिटेड रहेको छ । विक्री प्रबन्धकसँगै नेपाल धितोपत्र बोर्डबाट स्वीकृती प्राप्त गरेका सम्पूर्ण आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका तोकिएका शाखा कार्यालयहरूबाट आवेदन दिन सकिनेछ । साथै मेरो शेयर अनलाईन मार्फत समेत आवेदन दिन सकिने छ ।

आईपीओ निष्काशनको लागि गराइएको रेटिङ्गमा इन्फोमेरिक्स क्रेडिट रेटिङ्ग लिमिटेडले कम्पनीलाई दायित्व बहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको संकेत गर्ने आईआरएन डबल बी माइनस इस्यूअर रेटिङ्ग प्रदान गरेको छ ।