प्रभु बैंकको २० हजार कित्ता बढी संस्थापक शेयर बिक्रीमा, सर्वसाधारणले पनि किन्न पाउने

प्रभु बैंकको २० हजार कित्ता बढी संस्थापक शेयर बिक्रीमा, सर्वसाधारणले पनि किन्न पाउने

सुरेश शर्मा
392
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बैंकिङ्ग समाचार, काठमाडौं ।
प्रभु बैंक लिमिटेडले २० हजार २०२ कित्ता संस्थापक शेयर सर्वसाधारणका लागि बिक्री खुला गरेको छ ।

संस्थापक शेयरधनी शुशिला देवी सिंघानियाको नाममा रहेको १० हजार ९३५ कित्ता, रजन श्रेष्ठको नाममा रहेको ५ हजार कित्ता र नितु अग्रवालको नाममा रहेको ४ हजार २६७ कित्ता संस्थापक शेयर बिक्रीमा ल्याएको हो ।

बैंकले यस अघि विद्यमान संस्थापक शेयरधनीहरूमा जारी गर्दा बिक्री हुन नसकेको उक्त शेयर अन्य व्यक्ति तथा संस्थाहरूले समेत खरीद गर्न पाउने गरी बिक्रीमा ल्याएको हो ।

सो शेयर खरिद गर्न इच्छुक जो–कोही व्यक्ति वा संस्थाले आगामी १५ दिनभित्र आवश्यक कागजात सहित बैंकको केन्द्रिय कार्यालय बबरमहल, काठमाडौंमा आवेदन पेश गर्नुपर्नेछ ।