नेपाल बैंकको कामु सीईओमा समता पन्त नियुक्त

नेपाल बैंकको कामु सीईओमा समता पन्त नियुक्त


बैंकिङ्ग समाचार, काठमाडौं ।
नेपाल बैंकको कायम मुकायम प्रमुख कार्यकारी अधिकृत (कामु सीईओ)को रुपमा समता पन्तको नियुक्ती भएको छ । बैंकको असोज १४ गते बसेको संचालक समितिको बैठकले उनलाई असोज १५ गतेदेखि लागु हुने गरि कायम मुकायम प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी दिएको हो ।

उनी यसअघि बैंकको नायब प्रमुख कार्यकारी अधिकृत थिइन् । चार वर्षे कार्यकाल पूरा गरि नेपाल बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) कृष्ण बहादुर अधिकारी बाहिरीएसँगै पन्तलाई कामु सीईओको जिम्मेवारी दिइएको छ ।