सिनर्जी पावरको हकप्रद बाँडफाँड, अवितरित ५ लाख ६३ हजार कित्ता लिलामीमा आउने

सिनर्जी पावरको हकप्रद बाँडफाँड, अवितरित ५ लाख ६३ हजार कित्ता लिलामीमा आउने


बैंकिङ्ग समाचार, काठमाडौं ।
सिनर्जी पावर डेभलपमेन्ट लिमिटेडले हकप्रद शेयर बाँडफाँड गरेको छ । कम्पनीले असोज १६ गते उक्त हकप्रद शेयर बाँडफाँड गरेको हो ।

कम्पनीले भदौ ३ गतेदेखि ३१ गतेसम्म २ बराबर १ अनुपातमा निष्काशन गरेको हकप्रद शेयर बाँडफाँड गरेको हो । कम्पनीले हाल कायम चुक्ता पूँजीको ५० प्रतिशतले हुन आउने ४० लाख ३२ हजार ८७५ कित्ता हकप्रद शेयर निष्काशन गरेको थियो । 

कम्पनीले निष्काशन अवधिभर रितपूर्वक आवेदन दिएका ४४ हजार ७९४ जना शेयरधनीहरुलाई ३४ लाख ६९ हजार ६१४ कित्ता शेयर बाँडफाँड गरेको हो । यस अनुसार बाँडफाँडमा नपरेको कम्पनीको ५ लाख ६३ हजार २६१ कित्ता शेयर लिलामी प्रक्रिया मार्फत विक्री गर्ने जनाएको छ । 

कम्पनीको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक सानिमा क्यापिटल लिमिटेड रहेको छ । हकभन्दा बढी शेयर माग गरी आवेदन दिएका शेयरधनीहरुलाई बाँडफाँडमा नपरेको हकप्रद शेयर बापतको रकम असोज १९ गतेदेखि आइपीएस मार्फत रकमान्तर गरिनेछ ।