माछापुच्छ्रे बैंकले मनायो २३औँ वार्षिकोत्सव, कर्मचारीहरु सम्मानित

माछापुच्छ्रे बैंकले मनायो २३औँ वार्षिकोत्सव, कर्मचारीहरु सम्मानित


बैंकिङ्ग समाचार, काठमाडौं ।
माछापुच्छ्रे बैंक लि. ले आफ्नो २३औँ वार्षिकोत्सव मनाएको छ । २३ वर्ष अघि पोखरामा क्षेत्रीय स्तरको बैंकको रुपमा स्थापना भएको माछापुच्छ्रे बैंकले २३औं वर्ष पार गरि २४औं वर्षमा प्रवेश गरेको हो ।

ग्राहकको अटुट विश्वास तथा अगाध माया, नियमनकारी निकायको मार्गदर्शन, शेयरधनी सदस्यको भरोसा, कर्मचारीको अतुलनीय योगदानको फलस्वरुप आजको दिनमा आईपुग्दा व्यवसायिक बैंकहरुमा अब्बल स्मार्ट बैंकको रुपमा स्थापित हुन सफल भएको छ ।

२३ वर्ष पूरा गरी २४ औँ वर्षमा प्रवेश गरेको अवसरमा बैँकले एक विशेष कार्यक्रम गरी २० वर्ष भन्दा बढी निरन्तर यस बैंकमा सेवा गरिरहेका कर्मचारीहरुलाई सम्मान प्रदान गरेको छ । उक्त कार्यक्रममा बोल्दै माछापुच्छ्रे बैंकका अध्यक्ष डा. उपेन्द्र महतोले २३ वर्ष सम्म बैंकको निरन्तर उन्नति एवं उत्तरोत्तर प्रगति तथा सम्वृद्धिका लागि अभिभावकको रुपमा निरन्तर मार्गदर्शन तथा साथ दिने सम्पूर्ण ग्राहक, नियमनकारी निकाय, शेयरधनी सदस्य, सम्पूर्ण कर्मचारी एंव शुभचिन्तकहरु प्रति हार्दिक कृतज्ञता ज्ञापन गर्दै आगामी दिनहरुमा पनि अझ गुणस्तरीय बैंकिङ्ग सेवा दिंदै थप उत्कृष्ट सुविधाहरु प्रदान गर्दै बैँकको संस्थागत सुशासनको महत्व मनन गरि संस्थागत सुशासन कायम राख्ने प्रतिबद्धता व्यक्त गरे ।

त्यसैगरी सञ्चालक समितिका सदस्य जयमुकुन्द खनालले यस बैंकलाई यो स्थानमा ल्याउन सहयोग गर्नुहुने सम्पूर्ण ग्राहक, नियमनकारी निकाय, सेयरधनी सदस्य, सम्पूर्ण कर्मचारी एंव शुभचिन्तकहरुलाई बधाई तथा अटुट विश्वासका लागि धन्यवाद प्रकट गरे ।

कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत सन्तोष कोइरालाले स्मार्ट बैंक भन्ने मूल नाराका साथ डिजिटल इकोनोमिमा प्रभावकारी भुमिका खेल्दै आईरहेको माछापुच्छ्रे बैंक लि.ले आजको दिनसम्म आई पुग्दा आफुलाई स्मार्ट बैंकको रुपमा स्थापित गर्न सफल भएको र स्मार्ट तरिकाबाट ग्राहकहरुको चाहना तथा आवश्यकता बमोजिम नवीनतम, विश्वस्तरीय, भरपर्दो तथा गुणस्तरीय सेवा प्रदान गर्दै क्रमशः आफ्ना सेवाहरुलाई अझ सरल, सहज र विश्वसनिय ढङ्गले जिम्मेवारी बोध गर्दै समस्त राष्ट्रको आर्थिक विकासमा टेवा पुर्याउन निरन्तर लागि पर्ने प्रतिबद्धता व्यक्त गरेका थिए ।  

साथै माछापुच्छ्रे बैंकले आफ्नो २३ औं वार्षिकोत्सबको अवसरमा विभिन्न क्यासब्याक तथा अफरहरु ल्याएको छ । जसको उपयोग बैंकले प्रदान गर्दै आएको डिजिटल सेवा सुविधाहरु (MBL M SMART, डेबिट तथा क्रेडिट कार्ड) बाट लिन सकिनेछ । उक्त अफरहरु आश्विन १ गतेदेखि सुरु भएकोमा आश्विन १७ मा समाप्त हुनेछन् ।

हरेक क्षेत्र र वर्गका ग्राहकहरुलाई सरल र सहज बैंकिङ्ग सेवा पुर्याउने उद्देश्यका साथ बैंकले देशका ७ वटै प्रदेशमा १६५ वटा शाखा, १२ वटा एक्सटेन्सन काउन्टर, १३० शाखारहित बैंकिङ्ग सेवा, २०२ वटा एटिएम मार्फत १५ लाख भन्दा बढी ग्राहकहरुलाई सेवा प्रदान गर्दै आईरहेको छ ।

\"\"