बुधवार ९.२४ अंकले बढेर बन्द भयो नेप्से, १ अर्ब १८ करोड बढीको कारोबार

बुधवार ९.२४ अंकले बढेर बन्द भयो नेप्से, १ अर्ब १८ करोड बढीको कारोबार


बैंकिङ्ग समाचार, काठमाडौं ।
नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा साताको कारोबारको चौथो दिन आज बुधवार सामान्य अंकले बढेर बन्द भएको छ । आज नेप्से ९.२४ अंकले बढेर १ हजार ९ सय ६७ दशमलब ९७ विन्दुमा बन्द भएको हो । मंगलवार नेप्से १७.५६ अंकले घटेर १ हजार ९ सय ५८ दशमलब ७२ बिन्दुमा पुगी बन्द भएको थियो ।       

त्यस्तै, आज नेप्सेमा १ अर्ब १८ करोड ९९ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । मंगलवार १ अर्ब १९ करोड ९१ लाख रुपैयाँ बराबरको कारोबार भएको थियो ।

नेप्सेका अनुसार आज कारोबार भएका १७४ कम्पनीको शेयरमूल्य बढेको छ भने ५२ कम्पनीकोे शेयरमूल्य घटेको छ, ६ वटा कम्पनीको शेयरमूल्य स्थिर रहेको छ ।  

आज नेप्सेमा मध्य भोटेकोशी जलविद्युत कम्पनीको शेयरमूल्यमा उच्च वृद्धि भएको छ । यस कम्पनीको शेयरमूल्य आज १० प्रतिशतले बढेर ३०३.६० रुपैयाँ पुगेको छ ।   

आज समता घरेलु लघुवित्त वित्तीय संस्थाका  लगानीकर्ताहरुले सर्वाधिक गुमाएका छन् । यसको शेयरमूल्य आज ६.६१ प्रतिशतले घटेको छ । 

नेप्सेका अनुसार कारोबारको आधारमा आज सबैभन्दा बढी सिटिजन्स लाइफ इन्स्योरेन्स कम्पनीको भएको छ । यस कम्पनीको आज ६ करोड ९३ लाख रुपैयाँ भन्दा बढीको कारोबार भएको छ ।