मिर्मिरे लघुवित्तले असोज २५ गतेदेखि एफपीओ निष्काशन गर्ने, कति दिने आवेदन ?

मिर्मिरे लघुवित्तले असोज २५ गतेदेखि एफपीओ निष्काशन गर्ने, कति दिने आवेदन ?


बैंकिङ्ग समाचार, काठमाडौं ।
मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेडले असोज २५ गतेदेखि थप सार्वजनिक निष्काशन (एफपीओ) निष्काशन गर्ने भएको छ । बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन २०७३ को दफा ९ बमोजिम सर्वसाधारणको पूँजी संरचना ३० प्रतिशत कायम गर्न कम्पनीले एफपीओ जारी गर्न लागेको हो ।

कम्पनीले १ करोड २३ लाख ८१ हजार ६४५ रुपैयाँ बराबरको प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका १ लाख २३ हजार ८१६ दशमलव ४५ कित्ता एफपीओ निष्कासन गर्न लागेको हो । यो एफपीओ खरीदका लागि लगानीकर्ताहरूले असोज ३० गतेसम्म आवेदन दिन सक्नेछन् । सो अवधिसम्म माग बमोजिम आवेदन नपरेमा भने कात्तिक ९ गतेसम्म विक्री लम्बिनेछ । एफपीओ खरीदका लागि न्यूनतम १० कित्तादेखि अधिकतम १ हजार कित्तासम्म माग गर्न सकिनेछ ।

कम्पनीको एफपीओ निष्काशनका लागि गराएको रेटिङ्गमा क्रेडिट रेटिङ्ग संस्था इक्रा नेपालले वित्तीय दायित्व बहन गर्ने क्षमतामा मध्यम इक्रा एनपी इस्यूअर रेटिङ्ग डबल बी माइनस प्रदान गरेको छ ।

कम्पनीको एफपीओ निष्काशन तथा बिक्री प्रबन्धकमा नेपाल एसबिआई मर्चेण्ट बैंकिङ्ग लिमिटेड रहेको छ । बिक्री प्रबन्धकसँगै नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त सम्पूर्ण आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तीनका सम्पूर्ण शाखा कार्यालयमार्फत आवेदन दिन सकिनेछ । साथै मेरो शेयरमार्फत पनि आवेदन दिन सकिनेछ ।