नेपाल पुनर्बीमा कम्पनीको ५८ लाख कित्ता बढि बोनस शेयर नेप्सेमा सूचीकृत, कहिलेबाट हुन्छ कारोबार ?

नेपाल पुनर्बीमा कम्पनीको ५८ लाख कित्ता बढि बोनस शेयर नेप्सेमा सूचीकृत, कहिलेबाट हुन्छ कारोबार ?


बैंकिङ्ग समाचार, काठमाडौं ।
नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा बुधवार एक कम्पनीको बोनस शेयर सूचीकृत भएको छ । आज नेप्सेमा नेपाल पुनर्बीमा कम्पनी लिमिटेडको ५८ लाख बढि कित्ता बोनस शेयर सूचीकृत भएको हो ।

यस कम्पनीको कुल ५८ लाख १० हजार ४३७ दशमलव ५० कित्ता बोनस शेयर नेप्सेमा सूचीकृत भएको हो । अब यो बोनस शेयर सम्बन्धीत शेयरधनीहरुको हितग्राही खातामा आएपछि कारोबार गर्न सक्नेछन् । 

कम्पनीले असार १५ गते सम्पन्न वार्षिक साधारणसभाबाट पारित ४ दशमलव ७५ प्रतिशत बोनस शेयर सूचीकृत गराएको हो ।