नेष्डो समृद्ध लघुवित्तको १७.९४% नगद लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

नेष्डो समृद्ध लघुवित्तको १७.९४% नगद लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन


बैंकिङ्ग समाचार, काठमाडौं ।
नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्था लिमिटेडको लाभांश सुरक्षित गर्ने अन्तिम दिन आज रहेको छ । कम्पनीले साधारणसभा र लाभांश वितरण प्रयोजनको लागि असोज १८ गते बुकक्लोज गरेकाले आज अर्थात असोज १७ गतेसम्म कायम शेयरधनीले साधारणसभामा भाग लिन र लाभांश पाउन योग्य हुनेछन् । 

कम्पनीले आर्थिक वर्ष २०७८/७९ सम्मको मुनाफाबाट शेयरधनीलाई १७ दशमलव ९४ प्रतिशत नगद लाभांश कर सहित वितरण गर्ने प्रस्ताव गरेको हो । यो प्रस्ताव पारितका लागि कम्पनीले असोज २६ गते साधारणसभा बोलाएको छ । सभा रोयल कुश्मा रिसोर्ट पर्वतमा दिउँसो १ः३० बजे शुरु हुने जानकारी कम्पनीले दिएको छ ।