डिशहोमको “हरेक हप्ता सुपरस्टार सिजनकै मेगास्टार” योजनाका दोस्रो १ लाख नगद बिजेता घोषणा

डिशहोमको “हरेक हप्ता सुपरस्टार सिजनकै मेगास्टार” योजनाका दोस्रो १ लाख नगद बिजेता घोषणा


बैंकिङ्ग समाचार, काठमाडौं ।
डिशहोमले सार्वजनिक गरेको “हरेक हप्ता सुपरस्टार सिजनकै मेगास्टार” योजना अन्तर्गतको दोस्रो बिजेता घोषणा गरिएको छ । असोज १५ गते सोमवार भएको लक्की ड्र मार्फत रविन तामाङले नगद रु. १ लाख नगद जितेका हुन् ।

नेपालकै अग्रणी डिटिएच सेवा प्रदायक डिशहोमले दशैँ तिहारलाई लक्षित गर्दै आफ्नो नयाँ योजना “हरेक हप्ता सुपरस्टार सिजनकै मेगास्टार” सार्वजनिक गरेको हो । यस योजना अन्तर्गत डिशहोमको नयाँ जडान अथवा रिचार्जमा ग्राहकहरुले हरेक हप्ता लक्की ड्र मार्फत नगद रु. १ लाख प्राप्त गर्न, मिडिया कभरेज प्राप्त गर्न र सेलिब्रेटी झैँ जीवनशैली अनुभव गर्न सक्नेछन् । त्यस्तै यस अभियानका बम्पर विजयी ग्राहकले सिजनकै मेगास्टार बन्ने मौका प्राप्त गर्नेछन् जसमा नगद रु दश लाख, मिडियामा प्रसिद्धी र सेलिब्रेटी झैँ जीवनशैलीको अनुभव पनि गर्न पाउनेछन् । 

यस अभियानमा सहभागी हुनका लागि ग्राहकहरुले डिशहोमको नयाँ कनेक्सन वा डिशहोम रिचार्ज गर्नुपर्ने हुन्छ ।

सुपरस्टारको छनोट हरेक हप्ताको सोमबार डिशहोमको शोकेश, सरोकार टिभी, रमाइलो टिभी, डिशहोमको आधिकारीक फेसबुक पेज र ईमेज टिभीमा साँझ पाँच बजे प्रत्यक्ष प्रसारण हुनेछ । 

“हरेक हप्ता सुपरस्टार सिजनकै मेगास्टार” अभियान आश्विन १, २०८० देखि सिमित अवधिको लागि नेपालभर लागू हुनेछ ।