सामान्य अंकले बढ्यो शेयर बजार, ५.१९ अंकले नेप्से बढ्दा १ अर्ब ७३ करोडको कारोबार

सामान्य अंकले बढ्यो शेयर बजार, ५.१९ अंकले नेप्से बढ्दा १ अर्ब ७३ करोडको कारोबार


बैंकिङ्ग समाचार, काठमाडौं ।
नेपाल स्टक एक्सचेञ्ज (नेप्से) आज साताको कारोबारको दोस्रो दिन सामान्य अंकले बढेर बन्द भएको छ । आज सोमवार नेप्से ५.१९ अंकले बढेर १ हजार ९ सय ७६ दशमलव २९ बिन्दुमा पुगी बन्द भएको छ । आइतवार नेप्से ३३.२० अंकले घटेर १ हजार ९ सय ७१ दशमलव १० विन्दुमा बन्द भएको थियो ।

त्यस्तै, आज नेप्से सामान्य अंकले बढेसँगै कारोबार रकम पनि घटेको छ । आज १ अर्ब ७३ करोड ७३ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । आइतवार १ अर्ब ८३ करोड ४ लाख रुपैयाँ बराबरको कारोबार भएको थियो ।

नेप्सेका अनुसार आज कारोबार भएका १६३ कम्पनीको शेयरमूल्य बढेको छ भने ६४ कम्पनीको शेयरमूल्य घटेको छ, ६ कम्पनीको शेयरमूल्य स्थिर रहेको छ । 

आज सिवाइसी नेपाल लघुवित्त र सयपत्री हाइड्रोपावरको शेयरमुल्यमा सर्वाधिक वृद्धि भएको छ । यि दुवै कम्पनीको शेयरमुल्य १० प्रतिशतले बढेको छ ।

आज पिपुल्स हाइड्रोपावर र मनकामना हाइड्रोपावरको शेयरमूल्यमा सर्वाधिक गिरावट भएको छ । यि दुई कम्पनीको शेयरमुल्य ५ प्रतिशत भन्दा बढिले घटेको छ ।

नेप्सेका अनुसार आज एनआईसी एशिया बैंकको शेयर सबैभन्दा बढी कारोबार भएको छ । यस कम्पनीको २१ करोड ६८ लाख रुपैयाँ भन्दा बढिको कारोबार भएको हो ।