एनआईसी एशिया र एभरेष्ट बैंकले वितरण गर्ने बम्पर लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

एनआईसी एशिया र एभरेष्ट बैंकले वितरण गर्ने बम्पर लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन


बैंकिङ्ग समाचार, काठमाडौं ।
एनआईसी एशिया बैंक र एभरेष्ट बैंक लिमिटेडको लाभांश सुरक्षित गर्ने आज असोज १५ गते, सोमबार अन्तिम दिन रहेको छ । यी दुई बैंकहरुले साधारणसभा तथा लाभांश वितरण प्रयोजनार्थ भोली अर्थात असोज १६ गते बुकक्लोज गर्दैछन् । यस आधारमा आजसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले यी बैंकहरुको साधारणसभामा सहभागिता जनाउन तथा दुई बैंकहरुले वितरण गर्ने बम्पर लाभांश प्राप्त गर्न सक्नेछन् ।

एनआईसी एशिया बैंकले गत आवको मुनाफाबाट शेयरधनीलाई २९ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि १ दशमलव ५२६३ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । यो प्रस्ताव पारितका लागि कम्पनीले असोज २८ गते साधारणसभा आयोजना गर्ने निर्णय पनि गरिसकेको छ । उक्त सभा काठमाडौंको भद्रकाली स्थित आर्मी अफिसर्स क्लबमा उक्त दिन बिहान ९ बजेबाट सुरु हुनेछ ।

यस्तै, एभरेष्ट बैंकले गत आवको मुनाफाबाट शेयरधनीलई १० प्रतिशत बोनस शेयर र कर सहित १० दशलमव ५३ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । यो प्रस्ताव पारितका लागि कम्पनीले असोज ३० गते साधारणसभा बोलाएको छ । सभा लैनचौर स्थित लैनचौर ब्याक्वेटमा उक्त दिन बिहान ११ बजे बाट सुरु हुनेछ ।