दशैं, तिहार तथा छठ लक्षित आइएमई पेको आकर्षक क्यासब्याक तथा बम्पर उपहार योजना सार्वजनिक

दशैं, तिहार तथा छठ लक्षित आइएमई पेको आकर्षक क्यासब्याक तथा बम्पर उपहार योजना सार्वजनिक


बैंकिङ्ग समाचार, काठमाडौं ।
नेपालको पहिलो डिजिटल वालेट आइएमई पेले ले आउदै गरेको राष्ट्रिय चाड दशैं, तिहार तथा छठलार्ई लक्षित गर्दै ‘आइएमई पे डिजिटल दशैं तिहार’ अभियान सार्वजनिक गरेको छ । 

असोज १४ गते देखी शुरु भई मङ्सिर ३ गते सम्म चल्ने ५० दिनको उक्त अभियान अन्तर्गत हरेक दिन ५० जना भाग्यशाली सेवाग्राहीहरुले बिभिन्न कारोबारको लागि क्यासब्याकको प्रोमो कोड प्राप्त गर्न सक्नेछन् । त्यस्तै, हरेक हप्ता १ जना भाग्यशाली सेवाग्राहीले Ultima Lifestyle को गिफ्ट ह्यम्पर पनि प्राप्त गर्नेछन् भने अन्त्यमा ८ जना भाग्यशाली विजेताले रु. ५०,००० बराबरको शपिङ्ग गिफ्ट ह्यम्पर प्राप्त गर्न सक्नेछन् । 

यस संगै आइएमई पे मार्फत रेमिटेन्स प्राप्त गर्दा हरेक महिना १ जनाले १ लाख रुपैया प्राप्त गर्ने र बम्परमा १ करोड प्राप्त गर्ने डबल मौका रहको आइएमई पेका सीइओ प्रविन रेग्मीले बताएका छन् ।

यस अफर सम्बन्धि विस्तृत जानकारी तथा नियम र सर्तहरु आइएमई पेको आधिकारिक वेभ पेजमा उपलब्ध हुनेछ ।