साताको पहिलो दिन नेप्से ३३.२० अंकले घटेर २ हजार बिन्दु मुनि, १ अर्ब ८३ करोड बढिको कारोबार

साताको पहिलो दिन नेप्से ३३.२० अंकले घटेर २ हजार बिन्दु मुनि, १ अर्ब ८३ करोड बढिको कारोबार


बैंकिङ्ग समाचार, काठमाडौं ।
नेपाल स्टक एक्सचेञ्ज (नेप्से) आज साताको कारोबारको पहिलो दिन उच्च अंकले घटेर बन्द भएको छ । आज आइतवार नेप्से ३३.२० अंकले घटेर १ हजार ९ सय ७१ दशमलव १० बिन्दुमा पुगी बन्द भएको छ । अघिल्लो कारोबार दिन अर्थात बुधवार नेप्से १८.६० अंकले घटेर २ हजार ४ दशमलव ३० विन्दुमा बन्द भएको थियो ।

त्यस्तै, आज नेप्से उच्च अंकले घटेपनि कारोबार रकम भने स्थिर रहेको छ । आज १ अर्ब ८३ करोड ४ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । बुधवार १ अर्ब ८१ करोड ४३ लाख रुपैयाँ बराबरको कारोबार भएको थियो ।

नेप्सेका अनुसार आज कारोबार भएका १० कम्पनीको शेयरमूल्य बढेको छ भने २२० कम्पनीको शेयरमूल्य घटेको छ, २ कम्पनीको शेयरमूल्य स्थिर रहेको छ । 

आज सयपत्री हाइड्रोपावरको शेयरमुल्यमा सर्वाधिक वृद्धि भएको छ । यस कम्पनीको शेयरमुल्य १० प्रतिशतले बढेर ४२९ रुपैयाँ पुगेको छ ।

आज कारोबार भएका ६ कम्पनीहरुको शेयरमूल्य सर्किट लेभलमा गिरावट भएको छ ।

नेप्सेका अनुसार कारोबारको आधारमा आज सिटिजन्स लाइफ इन्स्योरेन्सको शेयर सबैभन्दा बढी कारोबार भएको छ । यस कम्पनीको १४ करोड ७३ लाख रुपैयाँ भन्दा बढिको कारोबार भएको हो ।