बैंकिङ्ग समाचार, काठमाडौं ।
एनआईबिएल म्युचुअल फण्ड अन्तर्गत सञ्चालित एनआईबीएल प्रगति फण्डले आफ्ना इकाईधनीहरुलाई यस वर्षको प्रतिफल वितरण गरेको छ । फण्डले असोज १२ गतेदेखि इकाईधनीहरुलाई लाभांश वितरण गरेको हो ।
योजना व्यवस्थापक एनआईएमबी एस क्यापिटलको भदौ १३ गते बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७९/८० का लागि कर सहित ६ दशमलव ८ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको थियो । लाभांश प्रयोजनका लागि असोज २ गते बुकक्लोज गरेको योजनाले असोज १२ गतेदेखि सम्बन्धित इकाईधनीहरूको बैंक खातामा लाभांश रकम जम्मा गर्न सुरु गरेको हो ।
यस वर्ष योजनाका इकाईधनीहरुका लागि ५ करोड १० लाख रुपैयाँ नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो । लाभांश बैंक खातामै जम्मा गरिने भएकाले हालसम्म पनि हितग्राही खातामा बैंक खाता नम्बर अद्यावधिक नगराएका इकाईधनीहरूलाई यथासिघ्र गराउन योजना व्यवस्थापकले अनुरोध गरेको छ ।
साथै इकाई धितो बन्धक राखी कर्जा सुविधा उपयोग गरेका इकाईधनीहरूबाट कर्जा फुकुवा पत्र प्राप्त भएपछि मात्र लाभांश जम्मा गरिने जानकारी समेत योजना व्यवस्थापकले दिएको छ ।
प्रतिक्रिया