पुर्वाञ्चल विश्वविद्यालय परिसर मोरङ्गमा नबिल बैंकले संचालनमा ल्यायो आफ्नो शाखा

पुर्वाञ्चल विश्वविद्यालय परिसर मोरङ्गमा नबिल बैंकले संचालनमा ल्यायो आफ्नो शाखा

सुरेश शर्मा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बैंकिङ्ग समाचार, काठमाडौं ।
नबिल बैंक लिमिटेडले आफ्नो २६६औँ शाखा कार्यालय मोरङ्ग जिल्लाको सुन्दर हरैँचा नगरपालिका गोठगाँउमा अवस्थित पुर्वाञ्चल विश्वविद्यालय परिसरमा उद्घाटन गरि संचानलमा ल्याएको छ । बैंकिङ्ग पहुँच तथा सेवा विस्तार रणनीतिका साथ गोठगाँउमा शाखा विस्तार गरिएको बैंकले जनाएको छ ।

गोठगाँउ शाखाको उद्घाटन प्रमुख अतिथी पुर्वाञ्चल विश्वविद्यालयका उप कुलपति प्रा.डा. यादव राज कोईराला, नबिल बैंकका संचालक अनन्त पौड्याल तथा प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्र प्रसाद ढुंगानाले संयुक्त रुपमा गरेका थिए ।

कार्यक्रममा अथितिहरु पुर्वाञ्चल विश्वविद्यालयका रजिस्ट्रार निलमणि पोखरेल, उद्योग संघठन मोरङ्गका सभापति राकेश सुराना, नबिल बैंकका नायव प्रमुख कार्यकारी अधिकृत भुपेन्द्र पाण्डे लगायत बैंकका उच्चअधिकारीहरूको उपस्थिती रहेको थियो ।

नबिल बैंकका संचालक पौड्यालले पुर्वाञ्चल विश्वविद्यालय, गोठगाँउ क्षेत्रमा सहज वित्तीय पहुँच दिने र गुणस्तरीय बैंकिङ्ग सेवा विस्तार गर्ने उद्देश्यले शाखा विस्तार गरिएको बताए ।

मन्तब्य दिने क्रममा प्रमुख अतिथी कोईरालाले यस क्षेत्रमा नबिल बैंकको उपस्थितिले खुसी तुल्याएको बताए । उनले स्थानीय स्तरमा वित्तीय पहुँच र आर्थिक उपार्जनका क्रियाकलापको लागि बैंकको उपस्थिति अर्थपूर्ण रहने बताए । पुर्वाञ्चल विश्वविद्यालय केन्दीय कार्यालय परिसरबाट हुने बैंकिङ्ग सेवा विस्तारले विश्वविद्यालयका विद्यार्थी, कर्मचारी साथै स्थानिय वासी समेत लाभान्वित हुने कुरा बताए ।

\"\"

नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत ढुंगानाले स्वागत मन्तब्य राख्दै पुर्वाञ्चल विश्वविद्यालय, गोठगाँउमा बैंकको व्यवसाय विस्तार मात्रै नभई समुदाय स्तरमा काम गर्ने ध्येय रहेको बताए । ‘हामी यस क्षेत्रको आर्थिक आवश्यकता पूरा गर्न सेवाग्राहीलाई उत्कृष्ट सेवा दिनको लागि हाम्रो प्रयास रहनेछ । साथै निकट भविष्यमा नै विश्वविद्यालयको लागि Auditorium Hall निर्माणमा बैंकको संस्थागत सामाजिक उत्तरदायित्व अन्र्तगत सहयोग गर्नेमा हामी प्रतिबद्ध रहेका छौं,’ ढुंगानाले बताए ।

बैंकले देशभर २६६ शाखा सञ्जालसहित १९ वटा एक्सटेन्सन काउन्टर र ३१० एटिएम मेसिनबाट सेवा प्रदान गर्दे आएकोे छ ।