मुक्तिनाथ कृषि कम्पनीले १४ लाख कित्ता आईपीओ निष्काशन गर्ने, बोर्डले दियो स्वीकृती

मुक्तिनाथ कृषि कम्पनीले १४ लाख कित्ता आईपीओ निष्काशन गर्ने, बोर्डले दियो स्वीकृती

सुरेश शर्मा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बैंकिङ्ग समाचार, काठमाडौं ।
मुक्तिनाथ कृषि कम्पनी लिमिटेडले आईपीओ निष्काशन गर्नका लागि नियामक निकाय नेपाल धितोपत्र बोर्ड (सेबोन) बाट स्वीकृती पाएको छ । कम्पनीले नेपाल धितोपत्र बोर्डबाट कुल १४ करोड रुपैयाँ बराबरका १४ लाख कित्ता आइपीओ जारी गर्न असोज १० गते अनुमति पाएको हो ।

कृषि क्षेत्रमा काम गर्ने अभिप्रायले निजी क्षेत्रको लगानीमा स्थापना भएका कम्पनीहरु मध्ये सर्वसाधारणको लागि यो धितोपत्र निष्काशन गर्ने पहिलो कम्पनी हुने भएको छ ।

कम्पनीको आईपीओ निश्काशनको लागि धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक एनआईएमबि क्यापिटल लिमिटेड रहेको छ । आईपीओ निष्काशन गर्न स्वीकृती पाएसँगै कम्पनीले पहिलो चरणमा वैदेशिक रोजगारीमा गएका नेपालीहरुको लागि निष्काशन गर्नेछ । त्यसपछि दोस्रो चरणमा सर्वसाधारणमा आईपीओ निष्काशन गर्नेछ ।