नेपाल वेयरहाउजिङ कम्पनीले १३ लाख ७५ हजार कित्ता आईपीओ निष्काशन गर्न सेबोनबाट पायो अनुमति

नेपाल वेयरहाउजिङ कम्पनीले १३ लाख ७५ हजार कित्ता आईपीओ निष्काशन गर्न सेबोनबाट पायो अनुमति

सुरेश शर्मा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बैंकिङ्ग समाचार, काठमाडौं ।
नेपाल वेयरहाउजिङ कम्पनी लिमिटेडले आईपीओ निष्कासन गर्नका लागि नियामक निकाय नेपाल धितोपत्र बोर्ड (सेबोन) बाट अनुमति पाएको छ । सेबोनले असोज १० गते कम्पनीलाई १३ करोड ७५ लाख रुपैयाँ बराबरको आईपीओ निष्काशन गर्न अनुमति दिएको हो । अब कम्पनीले १०० रुपैयाँ अंकित दरका कुल १३ लाख ७५ हजार कित्ता आईपीओ सर्वसाधारणमा बिक्री गर्नेछ ।

पहिलो चरणमा कम्पनीले प्रारम्भिक सार्वजनिक निष्काशनको १० प्रतिशत शेयर नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृति प्राप्त गरी बिदेशमा बसी रोजगारी गरिरहेका नेपालीहरुलाई छुट्टयाई बाँकी रहेको सर्वसाधारणहरुको लागि निष्काशन गर्नेछ ।

कम्पनीको आईपीओ बिक्री प्रबन्धकमा हिमालयन क्यापिटल लिमिटेडको रहेको छ ।