नेपाल रिपब्लिक मिडियाको साधारणसभा कात्तिक ३ मा हुने, बुकक्लोज कहिले ?

नेपाल रिपब्लिक मिडियाको साधारणसभा कात्तिक ३ मा हुने, बुकक्लोज कहिले ?

सुरेश शर्मा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बैंकिङ्ग समाचार, काठमाडौं ।
नेपाल रिपब्लिक मिडिया लिमिटेडले कात्तिक ३ गते आफ्नो तेस्रो वार्षिक साधारणसभा बोलाएको छ । कम्पनीको असोज ११ गते बसेको सञ्चालक समितिको बैठकले उक्त मितिमा जडिबुटी ईन्द्रेणी ब्याङक्वेट, जडिबुटी चोक, काठमाडौंमा बिहान १० बजे सभा आह्वान गरेको हो ।

सभाले गत आर्थिक वर्ष २०७९/८० को वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरण पारित गर्नुका साथै चालू आर्थिक वर्ष २०८०/८१ को लागि लेखापरिक्षक नियुक्ती र निजको पारिश्रमिक निर्धारणको विषय टुङ्ग्याउनेछ । साथै सर्वसाधारणमा आईपीओ जारी गरिसकेको कम्पनीले सभामार्फत सर्वसाधारणतर्फबाट प्रतिनिधित्व गर्ने एक जना संचालकको निर्वाचन समेत सम्पन्न गर्नेछ । 

साधारणसभा प्रयोजनका लागि कम्पनीको असोज २१ गते एक दिन बुकक्लोज हुने छ । बुकक्लोजको आधारमा असोज १८ गते बिहीवारसम्म कायम शेयरधनीहरू मात्र सभामा भाग लिन सक्नेछन् ।