मिड सोलु हाईड्रोपावरको शेयर रजिष्ट्रारमा एनआईसी एशिया क्यापिटल नियुक्त

मिड सोलु हाईड्रोपावरको शेयर रजिष्ट्रारमा एनआईसी एशिया क्यापिटल नियुक्त

सुरेश शर्मा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बैंकिङ्ग समाचार, काठमाडौं ।
मिड सोलु हाइड्रोपावर लिमिटेडले शेयर रजिष्ट्रारमा एनआईसी एशिया क्यापिटल लिमिटेडलाई नियुक्त गरेको छ । मिड सोलु हाईड्रोपावरको सञ्चालक समितिले एनआईसी एशिया क्यापिटललाई असोज १२ गतेबाट लागू हुने गरी शेयर रजिष्ट्रारमा नियुक्त गर्ने निर्णय गरेको हो ।

कम्पनीको आईपीओ निष्काशन तथा विक्री प्रबन्धकको समेत जिम्मेवारी पुरा गरेको क्यापिटललाई आगामी दिनमा शेयर व्यवस्थापनको सम्पूर्ण काम गर्ने जिम्मेवारी समेत दिईएको हो ।

कम्पनीले सर्वसाधारणमा विक्री गरेको आईपीओ बुधवार बाँडफाँड गरेको छ । कम्पनीले सर्वसाधारणमा भदौ २८ गतेदेखि असोज १ गतेसम्म आईपीओ निष्काशन गरेको थियो । कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित स्थानीय र वैदेशिक रोजगारीमा रहेका नेपालीमा आईपीओ बाँडफाँड पछि दोस्रो चरणमा सर्वसाधारणमा ६ लाख २१ हजार १७२ कित्ता आईपीओ सार्वजनिक निष्काशन मार्फत विक्री गरेको थियो ।

शेयर रजिष्ट्रार नियुक्त भएसँगै क्यापिटलले कम्पनीको शेयर धितोपत्र दोस्रो बजारमा सूचीकरणका लागि आवश्य प्रक्रिया पुरा गर्नुका साथै आगामी दिनमा सम्पूर्ण शेयर व्यवस्थापनको जिम्मेवारी निर्वाह गर्नेछ ।