आइएमई पे मार्फत सेवाग्राहीहरुले सिधै आफ्नो एसआईपीको भुक्त्तानी गर्न सक्ने

आइएमई पे मार्फत सेवाग्राहीहरुले सिधै आफ्नो एसआईपीको भुक्त्तानी गर्न सक्ने

सुरेश शर्मा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बैंकिङ्ग समाचार, काठमाडौं ।
डिजिटल वालेट ‘आइएमई पे’ मार्फत सेवाग्राहीहरूले अब सजिलै आफ्नो Systematic Investment Plan (SIP) को रकम भुक्तानी गर्न सक्ने भएका छन् । SIP भुक्तानी सेवा प्रदान गर्न आइएमई पेले एनआईसी एशिया क्यापिटल तथा कुमारी क्यापिटलसँग सम्झौता गरेको छ ।

सो सम्झौता अन्तर्गत अब आइएमई पेका सेवाग्राहीहरू ले एनआईसी एशिया क्यापिटल को NIC Asia Dynamic Debt Fund तथा कुमारी क्यापिटलको Kumari Sunaulo Lagani Yojana को SIP Installment तथा Unit Purchase को भुक्तानी गर्न सक्नेछन् । 

पछिल्लो केही समययता पुँजी बजारमा एसआईपी एकदमै लोकप्रिय बन्दै आईरहेको अवस्थामा यसको भुक्तानीलाई थप सहज पार्ने उद्देश्यले आइएमई पे ले आफ्नो सेवाग्राहीहरुको लागि यो सेवा सुचारु गरेको आइएमई पे का सीइओ प्रवीन रेग्मीले बताएका छन् ।