साउन महिनामा राष्ट्रिय स्तरका विकास बैंकले कमाए ८४ करोड बढी नाफा, गरिमा पहिलो हुँदा मुक्तिनाथ दोस्रोमा

साउन महिनामा राष्ट्रिय स्तरका विकास बैंकले कमाए ८४ करोड बढी नाफा, गरिमा पहिलो हुँदा मुक्तिनाथ दोस्रोमा


बैंकिङ्ग समाचार, काठमाडौं ।
चालु आर्थिक वर्ष २०८०/८१ को पहिलो महिना साउनमा राष्ट्रिय स्तरका विकास बैंकहरुले ८४ करोड बढी खुद नाफा कमाएका छन् । नेपाल राष्ट्र बैंकका अनुसार चालु आवको पहिलो महिनामा राष्ट्रिय स्तरका ८ विकास बैंकहरुले कुल ८४ करोड २१ लाख ९० हजार रुपैयाँ खुद नाफा कमाएका हुन् ।

साउन महिनामा सर्वाधिक नाफा कमाउने सूचीको पहिलो नम्बरमा गरिमा विकास बैंक रहेको छ । गरिमाले साउनमा २४ करोड ९५ लाख रुपैयाँ नाफा कमाएको छ भने गरिमालाई पछ्याउदै दोस्रो धेरै नाफा कमाउनेमा मुक्तिनाथ विकास बैंक रहेको छ । मुक्तिनाथ विकास बैंकले १६ करोड ८० लाख रुपैयाँ नाफा आर्जन गरेको छ । 

त्यसैगरी, कामना विकास बैंक, लुम्बिनी विकास बैंक र महालक्ष्मी विकास बैंक क्रमशः तेस्रो, चौथो र पाँचौ स्थानमा छन् । यी विकास बैंकहरुले क्रमशः ८ करोड १३ लाख, ७ करोड ९१ लाख र ७ करोड ८५ लाख रुपैयाँ खुद नाफा आर्जन गरेका छन् ।

यस्तै, शाइन रेसुङ्गा विकास बैंकले ७ करोड १९ लाख २० हजार, सांग्रिला विकास बैंकले ५ करोड ६५ लाख २० हजार रुपैयाँ र ज्योती विकास बैंकले ५ करोड ७० लाख ९० हजार रुपैयाँ नाफा आर्जन गरेका छन् ।