लुम्बिनी विकास बैंकको २ लाख कित्ता बढी संस्थापक शेयर बिक्रीमा

लुम्बिनी विकास बैंकको २ लाख कित्ता बढी संस्थापक शेयर बिक्रीमा


बैंकिङ्ग समाचार, काठमाडौं ।
लुम्बिनी विकास बैंक लिमिटेडले २ लाख ६३९ कित्ता संस्थापक शेयर विक्रीमा ल्याएको छ । कम्पनीले विद्यमान संस्थापक शेयरधनीहरूले मात्र खरिद गर्न पाउने गरी यी शेयर विक्रीमा ल्याएको हो ।

बैंकका अनुसार संस्थापक समूहको विल बहादुर गुरुङ्गको नाममा रहेको १ लाख ४६ हजार ७४८ कित्ता र विन्दु कुमार थापाको नाममा रहेको ५३ हजार ८९१ कित्ता गरी कूल २ लाख ६३९ कित्ता शेयर बिक्रीमा राखेको हो ।

बैंकको उक्त शेयरको मूल्य तोकिएको छैन । इच्छुक विद्यमान संस्थापक शेयरधनीहरूले आगामी ३५ दिनभित्र कम्पनीको केन्द्रिय कार्यालय डिल्लीबजार, काठमाडौंमा आवेदन पेश गर्नुपर्नेछ ।

तोकिएको अवधिभित्र विद्यमान संस्थापक शेयरधनीहरूबाट आवेदन प्राप्त नभएमा अन्य व्यक्ति तथा संस्थापक शेयरधनीहरूमा यी शेयर विक्री गरिने जानकारी कम्पनीले दिएको छ ।