कामना सेवा विकास बैक र रुपन्देहीको एनएस युनिसेक्स सैलूनबीच छुट सम्बन्धी सम्झौता

कामना सेवा विकास बैक र रुपन्देहीको एनएस युनिसेक्स सैलूनबीच छुट सम्बन्धी सम्झौता


बैंकिङ्ग समाचार, काठमाडौं ।
कामना सेवा विकास बैंक र एनएस युनिसेक्स सैलूनबीच असोज १० गते बुधबारको दिन मर्चेन्ट सम्झौता सम्पन्न भएको छ ।

सम्झौता अन्तर्गत कामना सेवा विकास बैंकसँग आबद्ध सम्पूर्ण ग्राहकहरुले रुपन्देही नगरपालिका–७ देवदहस्थित एनएस युनिसेक्स सैलूनले प्रदान गर्ने सेवामा हेयरकट र हेयर स्ट्रेट सेवामा २० प्रतिशत र अन्य सेवामा १० प्रतिशत आकर्षक छुट प्राप्त गर्न सक्नेछन् ।

बैंकसँग आबद्धताको प्रमाणको आधारमा यो सुविधा सहजै प्राप्त गर्न सकिनेछ । यस सम्झौताबाट बैंकसँग आबद्ध सम्पूर्णहरुले विशेष लाभ लिने बैंकले विश्वास लिएको छ ।