मिड सोलु हाइड्रोपावरको आइपीओ सर्वसाधारणमा बाँडफाँड, १२ लाख २० हजार आवेदकको हात खाली

मिड सोलु हाइड्रोपावरको आइपीओ सर्वसाधारणमा बाँडफाँड, १२ लाख २० हजार आवेदकको हात खाली


बैंकिङ्ग समाचार, काठमाडौं ।
मिड सोलु हाइड्रोपावर कम्पनीले सर्वसाधारणलाई निष्काशन गरेको आइपीओ बाँडफाँड भएको छ । बिक्री प्रबन्धक एनआईएसी एशिया क्यापिटलले बिहिबार साँझ शेयर बाँडफाँड गरेको हो ।

कम्पनीले सर्वसाधारणमा भदौ २८ गतेदेखि असोज १ गतेसम्म आईपीओ निष्काशन गरेको थियो । कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित स्थानीय र वैदेशिक रोजगारीमा रहेका नेपालीमा आईपीओ बाँडफाँडपछि दोस्रो चरणमा सर्वसाधारणका ६ लाख २१ हजार १७२ कित्ता आईपीओ सार्वजनिक निष्काशन मार्फत विक्री गरेको थियो ।

आइपीओमा कुल १३ लाख ८१ हजार ५ सय ७५ जनाको आवेदन परेकोमा १२ लाख ८२ हजार ८ सय १९ जनाको आवेदन मात्र योग्य भएको छ । माग भन्दा बढीको आवेदन परेकोले योग्य रहेका १२ लाख ८२ हजार ८ सय १९ जना आवेदकलाई गोलाप्रथामा सहभागी गराएर शेयर बाँडफाँड गरिएको हो ।

तोकिएको अवधिभित्र रितपूर्वक आवेदन दिएका आवेदकहरूमध्ये ६२ हजार ११७ जना आवेदकहरूलाई पहिलो चरणमा १० कित्ताका दरले र बाँकी रहेको २ कित्ता आईपीओ यीमध्येका १० कित्तादेखि २० कित्तासम्म माग गर्ने दुई जना आवेदकलाई थप एक एक कित्ताका दरले आईपीओ बाँडफाँट गरिएको हो । १२ लाख २० हजार ७०२ जना आवेदकको हात खाली भएको छ ।