नेप्सेमा आज १८.६० अंकको गिरावट, १ अर्ब ८१ करोड बढिको कारोबार

नेप्सेमा आज १८.६० अंकको गिरावट, १ अर्ब ८१ करोड बढिको कारोबार


बैंकिङ्ग समाचार, काठमाडौं ।
नेपाल स्टक एक्सचेञ्ज (नेप्से) आज साताको कारोबारको चौथो दिन दोहोरो अंकले घटेर बन्द भएको छ । आज मंगलवार नेप्से १८.६० अंकले घटेर २ हजार ४ दशमलव ३० बिन्दुमा पुगी बन्द भएको छ । मंगलवार नेप्से १८.४५ अंकले बढेर २ हजार २२ दशमलव ९१ विन्दुमा बन्द भएको थियो ।

त्यस्तै, आज नेप्से दोहोरो अंकले घटेसँगै कारोबार रकम पनि उल्लेख्यरुपमा घटेको छ । आज १ अर्ब ८१ करोड ४३ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । मंगलवार २ अर्ब ९ करोड ३८ लाख रुपैयाँ बराबरको कारोबार भएको थियो ।

नेप्सेका अनुसार आज कारोबार भएका ३४ कम्पनीको शेयरमूल्य बढेको छ भने १९३ कम्पनीको शेयरमूल्य घटेको छ, ३ कम्पनीको शेयरमूल्य स्थिर रहेको छ । 

आज मनकामना इन्जिनियरिङ्ग हाइड्रोपावरको शेयरमुल्यमा सर्वाधिक वृद्धि भएको छ । यस कम्पनीको शेयरमुल्य ९.९० प्रतिशतले बढेर २७२ रुपैयाँ पुगेको छ ।

आज लक्ष्मी भ्यालु फण्ड २ र शुभमे पावर लिमिटेडका लगानीकर्ताहरूले सबैभन्दा धेरै गुमाएका छन‍ । यि दुवै कम्पनीहरुको शेयरमूल्य सर्किट लेभलमा गिरावट भएको छ ।

नेप्सेका अनुसार कारोबारको आधारमा आज सन नेपाल लाइफको शेयर सबैभन्दा बढी कारोबार भएको छ । यस कम्पनीको ७ करोड ६२ लाख रुपैयाँ भन्दा बढिको कारोबार भएको हो ।