अर्थतन्त्र सुधार भयो भनेर सरकारले ढाँट्योः केपी ओली

अर्थतन्त्र सुधार भयो भनेर सरकारले ढाँट्योः केपी ओली


बैंकिङ्ग समाचार, काठमाडौं ।
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मुलुकको अर्थतन्त्र सुधार भएको भनेर सरकारले जनतालाई ढाँटिरहेको बताएका छन् । नेपाल उद्योग तथा व्यवसायी महासंघले मंगलबार काठमाडौंमा आयोजना गरेको ‘निजी क्षेत्रसँग नेकपा एमाले’ कार्यक्रममा ओलीले देशको अर्थतन्त्र नाजुक अवस्थामा पुग्दा पनि सुधार भएको भनेर सरकारले जनतालाई ढाँटिरहेको बताए ।

\"\"

कोरोनापछि विश्वकै अर्थतन्त्र सुधार भएपछि नेपालको अर्थतन्त्र झन् ओरालो लाग्नु चिन्ताको बिषय भएको उनले बताए । अर्थतन्त्रमा देखिएको असर व्यवसायीमाथि देखिँदासमेत सरकारले कुनै चासो नदेखाएको उनको भनाइ छ ।

मुलुकको अर्थव्यवस्थालाई ओरालोतर्फ ढल्कने गरि बजेट ल्याउँदा केही व्यवसायीले निकै राम्रो भनेर बजेटमाथि दिएको प्रतिक्रिया सुन्दा आफूलाई आश्चर्य लागेको उनले बताए । मुलुकमा धेरै समस्या आउँदा पनि सरकार विभिन्न प्रकरण चलाउँदै कमिशनको चक्करमा लागेको ओलीले आरोप लगाए । 

\"\"

उनले सुन तस्करी प्रकरणमा भरिया नभएर लगानी गर्ने वास्तविक मालिकको खोजी गर्नुपर्ने पनि बताए । उनले व्यवसायीहरूको समस्याका बारेमा आफूले राष्ट्र बैंक लगायत सरोकारवाला निकायसँग छलफल गर्ने प्रतिबद्धता समेत जनाएका छन् ।

\"\"