सांग्रिला डेभलपमेन्ट बैंक र सेल्सबेरीबिच विविध छुट सम्बन्धी सम्झौता

सांग्रिला डेभलपमेन्ट बैंक र सेल्सबेरीबिच विविध छुट सम्बन्धी सम्झौता


बैंकिङ्ग समाचार, काठमाडौं ।
सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेड र सेलवेज क्यास एण्ड क्यारी प्रा.लि (सेल्सबेरी) बिच बैंकका ग्राहक, बैंकका कर्मचारी तथा शेयरधनीहरुलाई विभिन्न किसिमका सामान खरिद गर्दा छुट प्रदान गर्ने उद्देश्यले सम्झौता पत्रमा मिति २०८० असोज ९ गतेका दिन हस्ताक्षर भएको छ ।

सम्झौतामा बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत सुयोग श्रेण्ठ र सेलवेज क्यास एण्ड क्यारी प्रा.लि (सेल्सबेरी)को तर्फबाट प्रमुख कार्यकारी अधिकृत सुशील मान प्रधानाङ्घले हस्ताक्षर गरेका छन् ।

सम्झौता अनुसार सेलवेज क्यास एण्ड क्यारी प्रा.लि (सेल्सबेरी)ले बैंकका ग्राहक, बैंकका कर्मचारी तथा शेयरधनीहरुलाई विभिन्न किसिमका सामान खरिद जस्तै Groceries-2%, Liquor-2% to 10 %, Frozen Foods-3% to 5%, Dairy & Fresh Products-2%, Personal Care-3%, Household Items-5% to 12% and Garments-20% to 25% छुट प्रदान गरिएको छ । 

यसबाट बैंकका ग्राहक, बैंकका कर्मचारी तथा शेयरधनीहरुले प्रत्यक्ष लाभ लिन सक्ने विश्वास बंैकले लिएको छ ।