सिटिजन लाइफको आईपीओ लगानीकर्ताको डिम्याट खातामा, कहिले बाट हुन्छ कारोबार ?

सिटिजन लाइफको आईपीओ लगानीकर्ताको डिम्याट खातामा, कहिले बाट हुन्छ कारोबार ?


बैंकिङ्ग समाचार, काठमाडौं ।
सिटिजन  नेपाल लाइफ इन्स्योरेन्स लिमिटेडको आईपीओ सम्बन्धित लगानीकर्ताहरुको डिम्याट खातामा जम्मा भएको छ । कम्पनीको आईपीओ सीएलआई (CLI) कारोबार संकेतबाट मेरो शेयरमा आएको हो ।

कम्पनीले भदौ १५ देखि भदौ १९ गतेसम्म सर्वसाधारणमा आईपीओ निष्काशन गरेको थियो । कम्पनीले १ सय रुपैयाँ अंकित मूल्यमा १४४ रुपैयाँ प्रिमियम थप गरी २४४ रुपैयाँमा ९० लाख कित्ता आईपीओ सर्वसाधारणमा विक्री गरेको थियो । उक्त आईपीओ अब नेप्सेमा सुचीकृत भए पश्चात् दोश्रो बजारमा कारोबारमा आउने छ ।