हिमालयन टाइम्स मिडियाले आईपीओ जारी गर्ने प्रस्ताव सहित बोलायो साधारणसभा

हिमालयन टाइम्स मिडियाले आईपीओ जारी गर्ने प्रस्ताव सहित बोलायो साधारणसभा


बैंकिङ्ग समाचार, काठमाडौं ।
हिमालयन टाइम्स मिडियाले सर्वसाधारणमा आईपीओ निष्काशन गर्ने प्रस्ताव सहित आगामी असोज २७ गतेको लागी कम्पनीको प्रथम वार्षिक साधारणसभा बोलाएको छ ।

असोज ६ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले सर्वसाधारणमा आईपीओ निष्काशनको प्रस्ताव सभामार्फत पारित गर्ने निर्णय गरेको हो । सभा दुषित प्रिन्सेस होटल, लाजिम्पाट, काठमाडौंमा दिउँसो ४ बजे हुनेछ । 

सभाले आईपीओ निष्काशन प्रस्तावसँगै बोनस शेयर जारी गर्ने र कम्पनीको अधिकृत तथा जारी पूँजी वृद्धि गर्ने प्रस्ताव समेत पारित गर्नेछ । साथै गत आर्थिक वर्ष २०७९/८० को वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरणहरू पारित गर्दै चालू आर्थिक वर्षको लागि लेखापरिक्षक नियुक्तीको विषय पनि सभाले पारित गर्नेछ ।

मिडिया क्षेत्रको तेस्रो कम्पनीको रुपमा यो कम्पनीले आईपीओ निष्काशन निष्काशन गर्ने तयारी गरेको हो ।