हकप्रद निष्काशन गर्न लागेको एलआईसी नेपालले पायो न्यून क्रेडिट जोखिम संकेत ‘इक्रा एनपि ए’ रेटिङ्ग

हकप्रद निष्काशन गर्न लागेको एलआईसी नेपालले पायो न्यून क्रेडिट जोखिम संकेत ‘इक्रा एनपि ए’ रेटिङ्ग


बैंकिङ्ग समाचार, काठमाडौं ।
लाइफ इन्स्योरेन्स कर्पोरेशन (एलआईसी) नेपाल ले इक्रा नेपालबाट ‘इक्रा एनपि आइआर ए’ रेटिङ्ग पाएको छ । रेटिङ एजेन्सी इक्रा नेपालका अनुसार एलआइसीले पाएको रेटिङ्गले न्यून क्रेडिट जोखिम रहेको अर्थात तोकिएको समयमै वित्तीय दायित्व पुरा गर्ने सवालमा पर्याप्त सुरक्षित रहेको जनाउँछ । यस्तो शेयर निष्काशनकर्ताले एकदमै न्यून कर्जा जोखिम बहन गरेका हुन्छन् ।

रेटिङ्ग एजेन्सी इक्रा नेपालले एलआईसी नेपाललाई प्रस्तावित हकप्रद शेयर निष्काशन गर्ने प्रयोजनका लागी यस्तो रेटिङ्ग प्रदान गरेको हो ।

५ अर्ब रुपैयाँ चुक्ता पूँजी पुर्याउनका लागी एलआइसी नेपालले १ः०.८८४५६८ को अनुपातमा हकप्रद शेयर निष्काशनको तयारी गरिरहेको छ ।

एलआइसी नेपालको मुख्य प्रवर्द्धक भारतीय जीवन बीमा कम्पनी एलआइसीले हकप्रद शेयरका लागी थप पूँजी लगानी गर्ने निर्णय गत चैत्र महिनामै गरिसकेको थियो । यसले बीमा नियामकबाट विदेशी लगानी थप्ने र हकप्रद शेयर जारी गर्ने इजाजत पाइसकेको छ । हकप्रद शेयर जारी गर्नका लागी अन्तिम स्वीकृती प्राप्त गर्न एलआइसी नेपालले नेपाल धितोपत्र बोर्डमा आवेदन समेत दिइसकेको छ ।

एलआइसी नेपालले हकप्रद शेयर निष्काशनको लागी शेयर बिक्री प्रबन्धकमा नेपाल एसबिआई मर्चेण्ट बैंकिङ्ग लिमिटेड रहेको छ ।