कामना सेवा विकास बैंकको शेयर रजिष्ट्रारमा प्रभु क्यापिटल नियुक्त

कामना सेवा विकास बैंकको शेयर रजिष्ट्रारमा प्रभु क्यापिटल नियुक्त


बैंकिङ्ग समाचार, काठमाडौं ।
कामना सेवा विकास बैंकले शेयर रजिष्ट्रारमा प्रभु क्यापिटल लिमिटेड, कमलादीलाई नियुक्त गरेको छ । 

बैंकको सञ्चालक समितीको निर्णय अनुसार शेयर रजिष्ट्रारमा प्रभु क्यापिटललाई नियुक्त गरेको जानकारी दिएको छ । 

अब बैंकको सम्पूर्ण धितोपत्र सम्बन्धी अभिलेखा राख्ने, शेयर अभौतिकीकरण गर्ने, नामसारी लगायतका कार्यहरु प्रभु क्यापिटलबाट हुनेछन् ।