सानिमा बैंकको साधारणसभा कात्तिक २ मा बस्ने, १४.७०% लाभांश पारित हुने

सानिमा बैंकको साधारणसभा कात्तिक २ मा बस्ने, १४.७०% लाभांश पारित हुने


बैंकिङ्ग समाचार, काठमाडौं ।
सानिमा बैंक लिमिटेडले १९औं वार्षिक साधारणसभा आह्वान गरेको छ । बैंकको असोज ७ गते बसेको संचालक समितिको बैठकले उक्त सभा आगामी कात्तिक २ गते कुण्डलिनी दरबार ब्याङ्गवेट, चण्डोल, काठमाडौंमा बिहान ११ बजे सुरु हुने गरि आह्वान गरेको छ ।

भाले हाल कायम चुक्ता पूँजीको ९ प्रतिशतका दरले बोनस शेयर र सोको कर प्रयोजनार्थ सहित गरी ५.७० प्रतिशतका दरले नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित गर्नेछ । सभाले गत आर्थिक वर्षको नाफा, नोक्सान, हिसाव वित्तीय विवरणमाथि छलफल गरी पारित गर्नेछ । त्यसका साथै सभाले प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, लेखापरीक्षक नियुक्त गर्ने लगायतका प्रस्तावहरु पनि सो सभाले पारित गर्नेछ ।

साधारण सभा प्रयोजनार्थ बैंकले असोज २२ गते एक दिनका लागि बुकक्लोज गर्ने भएको छ । यस अनुसार असोज २१ गतेसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले बैंकको साधारणसभामा सहभागिता जनाउन तथा बैंकले वितरण गर्ने लाभांश प्राप्त गर्न सक्नेछन् ।