एभरेष्ट बैंकले २०.५३% लाभांश पारित गर्न बोलायो साधारणसभा, बुकक्लोज कहिले ?

एभरेष्ट बैंकले २०.५३% लाभांश पारित गर्न बोलायो साधारणसभा, बुकक्लोज कहिले ?


बैंकिङ्ग समाचार, काठमाडौं ।
एभरेष्ट बैंक लिमिटेडले लाभांश प्रस्ताव पारित गर्न वार्षिक साधारणसभा बोलाएको छ । बैंकको असोज ७ गते बसेको संचालक समितिको बैठकले असोज ३० गते मंगलबार लैनचौर ब्याङ्कवेट, काठमाडौँमा २९औँ वार्षिक साधारणसभा गर्ने निर्णय गरेको छ । सो सभा बिहान ११ बजे सुरु हुनेछ ।

सभाले हाल कायम चुक्ता पूँजीको १० प्रतिशत बोनस शेयर र सोको कर प्रयोजनार्थ सहित १०.५३ प्रतिशतका दरले नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित गर्नेछ । त्यसैगरी, सभाले संस्थापक शेयरधनीहरुको तर्फबाट सञ्चालक समितिमा नियुक्त भएका सञ्चालकको नियुक्ति अनुमोदन गर्ने, लेखापरीक्षक नियुक्त गर्ने, प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने लगायतका प्रस्तावहरु पारित गर्नेछ ।

साधारण सभा प्रयोजनार्थ बैंकले असोज १६ गते एक दिनका लागि बुकक्लोज गर्ने भएको छ । यस अनुसार असोज १५ गतेसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले बैंकको साधारण सभामा सहभागिता जनाउन तथा बैंकले वितरण गर्ने लाभांश प्राप्त गर्न सक्नेछन् ।