ग्लोबल आइएमई बैंक बन्यो ‘अन्तरबैंक महिला फुटसल २०८०’ को बिजेता

ग्लोबल आइएमई बैंक बन्यो ‘अन्तरबैंक महिला फुटसल २०८०’ को बिजेता


बैंकिङ्ग समाचार, काठमाडौं ।
नेपाल राष्ट्र बैंक कर्मचारी संघद्वारा आयोजित ‘अन्तरबैंक फुटसल प्रतियोगिता २०८०’ को महिला तर्फको उपाधी ग्लोबल आइएमई बैंकले जितेको छ । संविधान दिवसको अवसरमा आयोजना गरीएको अन्तरबैंक फुटसल प्रतियोगिता २०८० मा महिला तर्फ विभिन्न २० वटा बैंक तथा वित्तीय संस्थाहरु सहभागी भएका थिए ।

उक्त प्रतियोगितामा पुरुष र महिला तर्फ खेल भएको थियो । उक्त प्रतियोगितामा महिला तर्फ ग्लोबल आइएमई बैंक बिजेता हुनुका साथै सर्वाधिक गोलकर्ता र उत्कृष्ट गोलरक्षकको उपाधी समेत जितेको छ । फाइनल खेलमा ग्लोबल आइएमई बैंकले स्ट्याण्डर्ड चार्टर्ड बैंकलाई पेनाल्टीमा २–१ ले हराएको हो । प्रतियोगिता भरी ग्लोबल आइएमई बैंकले आफ्ना सम्पूर्ण खेलहरुमा सहज जित निकालेको थियो ।

\"\"सर्वाधिक गोलकर्ताको उपाधी ग्लोबल आइएमई बैंककी चन्द्रिका भट्टले हात पारेकीे छिन । उक्त फुटसल प्रतियोगितामा ग्लोबल आइएमई बैंककी चन्द्रिका भट्टले कुल ७ गोल गरी सर्वाधिक गोलकर्ताको उपाधी पनि जितिन् । साथै, बैंकका तर्फबाट गोलरक्षक केष माया गुरुङ्गले सबै खेलहरुमा उत्कृष्ट बचाउ गर्नुका साथै फाइनल खेलमा आफ्नो टिमको तर्फबाट पेनाल्टी अवसरलाई गोलमा परिणत गरी टिमलाई बिजेता बनाउन महत्वपूर्ण भुमिका खेलिन् ।

बिजेता ग्लोबल आइएमई बैंकको तर्फबाट टिम कप्तान चन्द्रिका भट्टको नेत्तृवमा लुनिभा भुजुँ, पुष्पा कोईराला, शुभेच्छा विडारी, राम कुमारी लिम्बु, केष माया गुरुङ्ग र शोभा न्यौपाने सहभागि भएका थिए । टिम ब्यवस्थापकको भुमिकामा गुन्जिता शर्मा र प्रशिक्षकमा सागर बहादुर सिंहको सहभागिता थियो ।