साताको पहिलो दिन नेप्सेमा १९.४२ अंकको गिरावट, २ अर्ब ३२ करोडको कारोबार

साताको पहिलो दिन नेप्सेमा १९.४२ अंकको गिरावट, २ अर्ब ३२ करोडको कारोबार


बैंकिङ्ग समाचार, काठमाडौं ।
नेपाल स्टक एक्सचेञ्ज (नेप्से) आज साताको कारोबारको पहिलो दिन उच्च अंकको गिरावट भएको छ । आज आइतवार नेप्से १९.४२ अंकले घटेर २ हजार १० दशमलव ३५ बिन्दुमा पुगेको छ । अघिल्लो कारोबार दिन अर्थात बिहिवार नेप्से ४४.३४ अंकले बढेर २ हजार २९ दशमलव ७८ विन्दुमा बन्द भएको थियो ।

\"\"

त्यस्तै, आज नेप्से उच्च अंकले घटेसँगै कारोबार रकम पनि उल्लेख्य घटेको छ । आज २ अर्ब ३२ करोड ६८ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । बिहिवार  ३ अर्ब २९ करोड ३९ लाख रुपैयाँ बराबरको कारोबार भएको थियो ।

नेप्सेका अनुसार आज कारोबार भएका ६२ कम्पनीको शेयरमूल्य बढेको छ भने १६६ कम्पनीको शेयरमूल्य घटेको छ, ३ कम्पनीको शेयरमूल्य स्थिर रहेको छ । 

आज नेप्सेमा ४ कम्पनीहरुको शेयरमूल्यमा सर्वाधिक वृद्धि भएको छ । स्वरोजगार लघुवित्त, हिमालयन लघुवित्त र एशियन हाइड्रोपावरको शेयरमूल्य १० प्रतिशतले वृद्धि भएको छ भने थ्रि स्टार हाइड्रोपावरको शेयरमूल्य ९.७३ प्रतिशतले वृद्धि भएको छ ।

आज शुभम् पावर लिमिटेडका लगानीकर्ताहरूले सबैभन्दा धेरै गुमाएका छन‍ । सो कम्पनीको शेयरमूल्य १० प्रतिशतले गिरावट भएको छ । 

नेप्सेका अनुसार कारोबारको आधारमा आज माछापुच्छ्रे बैंकको शेयर सबैभन्दा बढी कारोबार भएको छ । यस कम्पनीको १३ करोड २४ लाख रुपैयाँ भन्दा बढिको कारोबार भएको हो ।