बैंकिङ्ग समाचार, काठमाडौं ।
नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा असोज ७ गते, आइतबार नागरिक लगानी कोषको बोनस शेयर सूचीकृत भएको छ । यस दिन नेप्सेमा कोषको असार ३१ गते सम्पन्न वार्षिक साधारण सभाबाट पारित २५ प्रतिशत बोनस शेयर सूचीकृत भएको हो ।
यस दिन नेप्सेमा कोषको १ करोड ६ लाख २७ हजार ५०० कित्ता बोनस शेयर नेप्सेमा सूचीकृत भएको हो । अब यो बोनस शेयर सम्बन्धित शेयरधनीको हितग्राही खातामा आएपछि दोस्रो बजारमा कारोबार गर्न सक्नेछन् ।
प्रतिक्रिया