आशा लघुवित्तको १ लाख ३० हजार कित्ता संस्थापक शेयर विक्रीमा, सर्वसाधारणले खरिद गर्न पाउने

आशा लघुवित्तको १ लाख ३० हजार कित्ता संस्थापक शेयर विक्रीमा, सर्वसाधारणले खरिद गर्न पाउने


बैंकिङ्ग समाचार, काठमाडौं ।
आशा लघुवित्त वित्तीय संस्थाले १ लाख ३० हजार कित्ता संस्थापक शेयर बिक्रीमा ल्याएको छ । यस अघि विद्यमान संस्थापक शेयरधनीहरूमा वितरण हुन नसकेको उक्त शेयर कम्पनीले सर्वसाधारणमा विक्री खुला गरेको हो ।

उक्त शेयरमा ईच्छुक कम्पनी तथा व्यक्तिले शेयर खरिद आवेदन दिन पाउनेछन् । शेयरको न्यूनतम मूल्य प्रतिकित्ता ३७० रुपैयाँ तोकिएको छ । खरिद आवेदन दिँदा न्यूनतम मूल्य वा सोभन्दा बढी मूल्य अंकित गरी आगामी सातदिनभित्र कम्पनीको केन्द्रिय कार्यालय बनेपा, काभ्रेपालाञ्चोकमा आवेदन पेश गर्नुपर्नेछ ।