एनआईसी एशिया बैंकले ३०.५३% लाभांश पारित गर्न डाक्यो साधारणसभा

एनआईसी एशिया बैंकले ३०.५३% लाभांश पारित गर्न डाक्यो साधारणसभा


बैंकिङ्ग समाचार, काठमाडौं ।
एनआईसी एशिया बैंकले २६ औं वार्षिक साधारण सभा आह्वान गरेको छ । बैंकको असोज ५ गते सम्पन्न ६३०औं संचालक समितिको बैठकको निर्णयानुसार मिति २०८० असोज २८ गते बिहान ९ बजे काठमाडौंको भद्रकालीस्थित आर्मी अफिसर्स क्लबमा उक्त साधारणसभा सम्पन्न हुने भएको छ । 

बैंकको २६औं वार्षिक साधारणसभाले गत आर्थिक वर्ष २०७९/८० को मुनाफा तथा सञ्चित मुनाफाबाट बैंकको चुक्ता पुँजीको २९ प्रतिशत बोनश शेयर (रू. ३ अर्ब ३५ करोड ३५ लाख ६१ हजार ५ सय ५६) र १.५२६३ प्रतिशत नगद लाभांश (रू. १७ करोड ६५ लाख ३ हजार २ सय ४०) लाभांश कर प्रयोजनार्थ समेत वितरण गर्न स्वीकृत प्रदान गर्नेछ । 

यस्तै, सभाले सञ्चालक समितिको प्रतिवेदन पारित गर्ने, लेखापरीक्षकको प्रतिवेदन सहित २०८० आषाढ मसान्तसम्मको वासलात, नाफा–नोक्सान हिसाब तथा नगद प्रवाह विवरण लगायतका वार्षिक विवरणहरू उपर छलफल गरी स्वीकृत गर्ने लगायतका सामान्य प्रस्तावहरूमा छलफल तथा निर्णय गर्ने निर्धारित विषयसूची रहेको छ । साथै, बैंकको प्रबन्धपत्र र नियमावलीमा समसामयिक संशोधन/थप गर्ने लगायतका विशेष प्रस्तावमा छलफल तथा निर्णय गर्ने निर्धारित विषयसूची समावेश गरिएको छ । 

साधारणसभा प्रयोजनार्थ २०८० असोज १६ गतेदेखि २०८० असोज २८ गतेसम्म बैंकको शेयर दाखिल खारेज दर्ता बन्द (बुकक्लोज) रहनेछ । यस अनुसार असाोज १५ गतेसम्म कायम बैंकका शेयरधनीहरुले मात्र वितरित लाभांश पाउन तथा सभामा भाग लिन पाउने छन् ।