सिटिजन्स बैंकले ५.७९% लाभांश पारित गर्न असोज २६ मा बोलायो साधारणसभा

सिटिजन्स बैंकले ५.७९% लाभांश पारित गर्न असोज २६ मा बोलायो साधारणसभा


बैंकिङ्ग समाचार, काठमाडौं ।
सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश पारित गर्न साधारणसभा आह्वान गरेको छ । प्रस्तावित लाभांश सहित अन्य विविध प्रस्ताव पारितका लागि बैंकले असोज २६ गते, शुक्रबारका दिन १७औं साधारणसभा बोलाएको हो । साधारणसभा अमृतभोग, कालिकास्थान, डिल्लीबजार, काठमाडौँमा बिहान ११ बजे सुरु हुनेछ ।

बैंकले यस वर्ष हाल कायम चुक्तापूँजी १४ अर्ब २० करोड ९ लाखको आधारमा कर समेत गरि कुल ५ दशमलव ७९ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । बैंकको भदौ ३१ गते बसेको सञ्चालक समितिको बैठकले उक्त लाभांश प्रस्ताव गरेको थियो ।

सभाले लाभांश प्रस्तावसँगै गत आर्थिक वर्ष २०७९/८० को वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरणहरू पारित गर्नुका साथै चालू आर्थिक वर्षको लागि लेखापरिक्षक नियुक्ती र निजको पारिश्रमिक निर्धारणको विषय पनि टुङ्ग्याउनेछ ।

अन्य कुनै बैंक तथा वित्तीय संस्थासँग मर्जर तथा प्राप्ति प्रक्रियामा जान आवश्यक देखिएमा त्यसको सम्पूर्ण जिम्मेवारी सञ्चालक समितिलाई दिने निर्णय पनि सभाले गर्नेछ । साथै संस्थापक शेयरधनीबाट तीन जना र सर्वसाधारण शेयरधनीहरूबाट एक जना सञ्चालक निर्वाचनको कार्यक्रम समेत सभाका लागि तय भएको छ ।

साधारणसभा प्रयोजनका लागि बैंकले असोज १५ गते एक दिन बुकक्लोज गर्ने भएको छ । बुकक्लोजको आधारमा असोज १४ गतेसम्म कायम शेयरधनीहरू मात्र सभामा भाग लिन र लाभांश प्राप्त गर्न योग्य हुनेछन् ।