कामना सेवा विकास बैकबाट विद्युतिय सवारी साधन किन्न सुलभ कर्जा पाइने, एनइभि नेपालसँग भयो लगानी सम्झौता

कामना सेवा विकास बैकबाट विद्युतिय सवारी साधन किन्न सुलभ कर्जा पाइने, एनइभि नेपालसँग भयो लगानी सम्झौता


बैंकिङ्ग समाचार, काठमाडौं ।
कामना सेवा विकास बैंकले विद्युतीय सवारी साधन खरिद गर्न चाहने ग्राहकहरुलाई सरल तथा सुलभ तरिकाबाट कर्जा सेवा उपलब्ध गराउने भएको छ ।

बैंकले सोहि उद्देश्यका साथ एनइभि नेपाल (NEV Nepal Pvt. Ltd.) सँग मिति २०८० भाद्र २६ गते मङ्गलबारको दिन लगानी सम्बन्धी सम्झौता सम्पन्न गरेको छ ।

यस सम्झौतामा कामना सेवा विकास बैंकका तर्फबाट नायव कार्यकारी अधिकृत विनय दाहाल र NEV Nepal Pvt. Ltd. को तर्फबाट कार्यकारी अधिकृत सबिता कुमारी क्षेत्रीले एक कार्यक्रमका बीच सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् ।

उक्त सम्झौता पश्चात NEV Nepal Pvt. Ltd. का विद्युतीय सवारी साधन खरिद गर्न चाहने ग्राहकहरुले कामना सेवा विकास बैंकबाट सरल तरिकाले सुलभ ब्याजदरमा कर्जा सुविधा प्राप्त गर्न सक्नेछन् ।