‘एनएमबि बुद्ध भिसा डेबिट कार्ड’ सार्वजनिक, बुद्ध एयरबाट यात्रा गर्दा विविध सुविधा पाइने

‘एनएमबि बुद्ध भिसा डेबिट कार्ड’ सार्वजनिक, बुद्ध एयरबाट यात्रा गर्दा विविध सुविधा पाइने


बैंकिङ्ग समाचार, काठमाडौं ।
एनएमबि बैंक लिमिटेड र बुद्ध एयरले सहकार्य गरेर ‘एनएमबि बुद्ध भिसा डेबिट कार्ड’ सार्वजनिक गरेका छन् । सो कार्डले ग्राहकहरुको यात्रालाई अझै सहज बनाउने विश्वास एनएमबि बैंक र बुद्घ एयरले लिएका छन् । 

को–ब्रान्डेड डेविट कार्डका ग्राहकहरुले काठमाडौँ उपत्यका भित्र रहेका बुद्ध एयरका तीन काउन्टरहरु, एयरपोर्ट, सिनामंगल र जावलाखेलबाट हवाई टिकट खरिद गर्दा हवाई भाडामा १०% छुट पाउनेछन् । यसको साथै ग्राहकहरुले आन्तरिक टर्मिनलबाट यात्रा गर्दा थप ५ किलो सामान निःशूल्क लान सक्नेछन् । 

एनएमबि बुद्ध भिसा डेबिट कार्ड प्रयोेग गर्ने ग्राहकहरुलाई शतप्रतिशत भाडा (१००% क्यासब्याक) फिर्ता गर्नु यस कार्डको मुख्य विशेषता हो र नेपालको जुनसुकै कुनामा रहेका एटिएमबाट निःशुल्क नगद झिक्ने सुविधा समेत यस कार्डका प्रयोगकर्ताहरुलाई प्रदान गरिएको छ ।

एनएमबि बैंकले हाल देशभरी २०१ शाखाहरु, १४६ एटिएमहरु र १२ एक्सटेन्सन काउन्टरहरु मार्फत उच्चस्तरीय सेवा प्रदान गदै आइरहेको छ ।