साताको अन्तिम दिन ४४ अंकले बढेर २ हजार बिन्दु माथि नेप्से, ३ अर्ब २९ करोडको कारोबार

साताको अन्तिम दिन ४४ अंकले बढेर २ हजार बिन्दु माथि नेप्से, ३ अर्ब २९ करोडको कारोबार


बैंकिङ्ग समाचार, काठमाडौं ।
नेपाल स्टक एक्सचेञ्ज (नेप्से) आज साताको कारोबारको अन्तिम दिन उच्च अंकको वृद्धि भइ २ हजार बिन्दु माथि पुगेको छ । आज बिहिवार नेप्से ४४.३४ अंकले बढेर २ हजार २९ दशमलव ७८ बिन्दुमा पुगेको छ । अधिल्लो कारोबार दिन अर्थात मंगलवार नेप्से १६.२४ अंकले बढेर १ हजार ९ सय ८५ दशमलव ४३ विन्दुमा बन्द भएको थियो ।

त्यस्तै, आज नेप्सेमा उच्च अंकको वृद्धि भएसँगै कारोबार रकम पनि उच्च मात्रामा बढेर ३ अर्ब भन्दा माथि पुगेको छ । आज ३ अर्ब २९ करोड ३९ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । मंगलवार १ अर्ब १७ करोड ६६ लाख रुपैयाँ बराबरको मात्र कारोबार भएको थियो ।

नेप्सेका अनुसार आज कारोबार भएका २१७ कम्पनीको शेयरमूल्य बढेको छ भने ११ कम्पनीको शेयरमूल्य घटेको छ, २ कम्पनीको शेयरमूल्य स्थिर रहेको छ । 

आज नेप्सेमा ४ कम्पनीहरुको शेयरमूल्यमा सर्वाधिक वृद्धि भएको छ । नेशनल हाइड्रोपावर, दिब्यस्वरी हाइड्रोपावर, स्वाभिमान लघुवित्त र हिमाल दोलखा हाइड्रोपावरको शेयरमूल्य १० प्रतिशतले वृद्धि भएको छ भने अन्य १० कम्पनीहरुको शेयरमूल्य ९ प्रतिशत भन्दा बढिले वृद्धि भएको छ ।

आज एनआएबिएल ग्रोथ फण्डका लगानीकर्ताहरूले सबैभन्दा धेरै गुमाएका छन‍ । सो कम्पनीको शेयरमूल्य ४ प्रतिशत भन्दा बढिले गिरावट भएको छ । 

नेप्सेका अनुसार कारोबारको आधारमा आज सन नेपाल लाइफ इन्स्योरेन्सको शेयर सबैभन्दा बढी कारोबार भएको छ । यस कम्पनीको २० करोड १८ लाख रुपैयाँ बराबरको कारोबार भएको हो ।