भगवति हाइड्रोपावरको शेयर रजिष्ट्रारमा सिद्धार्थ क्यापिटल नियुक्त

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बैंकिङ्ग समाचार, काठमाडौं ।
भगवति हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडको शेयर रजिष्ट्रारमा सिद्धार्थ क्यापिटल लिमिटेड नियुक्त भएको छ । सर्वसाधारणमा भदौ १८ गते आईपीओ बाँडफाँड गरेको कम्पनीले शेयर रजिष्ट्रार अन्तर्गतको सम्पुर्ण कार्य गर्नका लागि विक्री प्रबन्धक नियुक्त गरेको हो ।

शेयर रजिष्ट्रार नियुक्त भएसँगै अब यस क्यापिटलले शेयरसम्बन्धी कारोबारको रेकर्ड राख्ने, दाखिला खारेज, नामसारी, शेयर अद्यावधिक राख्ने लगायतका सम्पूर्ण काम गर्नेछ ।

कम्पनीले जारी पूँजी ५७ करोड २० लाख ६४ हजार ७०० रुपैयाँको २५ प्रतिशत दरको १४ लाख ३० हजार १६२ कित्ता आइपीओ सर्वसाधारणमा प्रिमियम सहितको मूल्यमा विक्री गर्न नियामक निकाय नेपाल धितोपत्र बोर्डबाट असार ६ गते अनुमति पाएको थियो । प्रतिशेयर १०० रूपैयाँ अंकित मूल्यमा प्रिमियम वापत १६ रूपैयाँ थप गरी प्रतिकित्ता ११६ रूपैयाँमा कम्पनीले आइपीओ विक्री गरेको हो ।

धितोपत्र दोस्रो बजारमा कम्पनीको आईपीओ सूचीकृत हुन भने बाँकी छ ।